बैंकको अध्यक्ष बन्नुभन्दा व्यापारी बन्नु फाइदा छ : चन्द्र ढकाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बैंकमा भन्दा व्यवसायमा लगानी गर्नु फाइदाजनक हुने बताएका छन् । मंगलबार महासंघले अर्थतन्त्र बचाऔं भन्ने विषयमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बैंकको संचालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने गरेको बताए । यस्तै, उनले महासंघमा लागेपछि बैंक तथा वित्तीय संस्थाको फाइदा [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बैंकमा भन्दा व्यवसायमा लगानी गर्नु फाइदाजनक हुने बताएका छन् । मंगलबार महासंघले अर्थतन्त्र बचाऔं भन्ने विषयमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैंकको संचालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने गरेको बताए ।

यस्तै, उनले महासंघमा लागेपछि बैंक तथा वित्तीय संस्थाको फाइदा हुने गरी काम नगरेको बताए । ‘जब म उधोग वाणिज्य महासंघको चुनावमा होमिएको थिए त्यो बेलामा नै मैले बैंक तथा वित्तिय संस्थाको सपोर्ट नगर्ने नाराको अघि सारेको थिए,’ उनले भने ।

 

Share News