सरकारले लिएको ऋण जनताले तिर्नुपर्ने अवस्था आउनसक्छ : गोल्छा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले लिएको ऋण जनताले तिर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार महासंघले अर्थतन्त्र बचाऔं भन्ने विषयमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अब आउने सरकारले अर्थतन्त्र जोगाउने योजना नल्याए मुलुक गम्भीर संकटमा पर्ने बताए । गोल्छाले आर्थिक वृद्धिदर पूरा गर्न सम्भव भएपनि राष्ट्र बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले लिएको ऋण जनताले तिर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार महासंघले अर्थतन्त्र बचाऔं भन्ने विषयमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अब आउने सरकारले अर्थतन्त्र जोगाउने योजना नल्याए मुलुक गम्भीर संकटमा पर्ने बताए ।

गोल्छाले आर्थिक वृद्धिदर पूरा गर्न सम्भव भएपनि राष्ट्र बैंकको निर्णयका कारण असम्भव हुन पुगेको बताए । ‘राष्ट्र बैंकको अपरिपक्व निर्णय ले अर्थतन्त्र संकटमा परेको छ, कर्जा प्रवाह गर्दा सचेतना अपनाएको भए अर्थतन्त्र संकटमा पर्ने थिएन । अनियंत्रित कर्जा प्रवाह गर्दा अर्थतन्त्र संकटमा पर्न गएको हो,’ उनले भने ।

यस्तै, गोल्छाले चालू पूँजी कर्जा मार्ग दर्शन संकट परेको बेलामा ल्याएकोमा आपत्ति जनाएका  छन् । उनले अर्थतन्त्र संकटमा परेको बेला निर्देशिका ल्याउन आवश्यक नरहेको बताउँदै मार्गदर्शन तत्काल स्थगन गर्नुपर्ने बताएका छन् ।

 

Share News