काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकहरुको ब्याजदरमा स्थायित्व ल्याएर सन्तुलन कायम गर्न मौद्रिक नीतिको समीक्षा आएको बताएका छन् ।
मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै उनले बैंकको ब्याज, अर्थतन्त्रको मौलिक विशेषता र वित्तिय क्षेत्रको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीतिको समीक्षा आएको बताएका हुन् ।
‘बैंकको ब्याजदर बजारले नै निर्धारण गर्नुपर्छ भन्ने विषयमा राष्ट्र बैंक सहमत छ, मौद्रिक नीतिको समीक्षाले बैंकको नाफा घटाउने काम भन्दा पनि बैंक तथा वित्तिय क्षेत्रको वित्तिय अवस्था बलियो हुनुपर्छ भन्ने विषयमा राष्ट्र बैंक दृढ रहेको छ, बैंकहरुको वित्तिय स्थायीत्व दृढ नभई वित्तिय स्थायीत्व कायम हुन सक्दैन,’ उनले भने ।
यस्तै, भट्टले वाणिज्य बैंक तथा अन्य वित्तिय संस्थाहरुलाई अहिलेको परिस्थितिमा परेको समस्यालाई मौद्रिक नीतिको समीक्षाले सम्बोधन गर्ने विषय उल्लेख भएको पनि बताए ।