काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै महासेठ विजयी भएका हुन् ।
महासेठले यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । यद्यपी निर्वाचन अधिकृत कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ ।
यसअघि २०७४ को चुनावमा रघुवीर महासेठले महेन्द्र यादवलाई पराजित गरेका थिए । योसँगै मधेश प्रदेशमा एमालेले प्रतिनिधि सभा सदस्यमा ९ सिट जितेको छ भने प्रदेश सभामा १५ सिट जित हासिल गरेको हो ।