काठमाडौं । गत मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ । समानुपातिक तर्फको पनि मतपरिणाम मंगलबार बिहान ६ बजेसम्म कूल ९४ लाख ९१ हजार ६२२ मत गणना सम्पन्न भएको छ । जसमा हालसम्म नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यस्तै, तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १० लाख ९२ हजार ५३६ मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ४३ हजार ९६३ मत ल्याएका छन् । ३ लाख भन्दा बढी मत ल्याएका दर राष्ट्रि पार्टी बन्न सफल भएका छन् । जनमत पार्टीले २ लाख ८७ हजार ५०५ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ६२ हजार ७५७ मत प्राप्त गरेका छ ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गरेका छन् ।