अरुण नदीकाे कात्तिकेघाट पुल निर्माणको कामले पायो तीव्रता

<p>काठमाडौं । भोजपुर र संखुवासभाको सीमना भएर बग्ने अरुण नदी माथिको कात्तिकेघाट जोड्ने पक्की पुल निर्माण कार्यले तीव्रता पाएको छ । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना अगाडि बढाउनको लागि सकस परेको थियो । अब भने पुल निर्माणको कामले तीव्रता पाएको हो । चालु आर्थिक २०७९/८० भित्र नै पुल निर्माण कार्य सम्पन्न गर्ने [&hellip;]</p>

काठमाडौं । भोजपुर र संखुवासभाको सीमना भएर बग्ने अरुण नदी माथिको कात्तिकेघाट जोड्ने पक्की पुल निर्माण कार्यले तीव्रता पाएको छ । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना अगाडि बढाउनको लागि सकस परेको थियो । अब भने पुल निर्माणको कामले तीव्रता पाएको हो ।

चालु आर्थिक २०७९/८० भित्र नै पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइ रहेको सडक विभाग अन्तर्गत पुल महाशाखाका परियोजना इन्चार्ज नितेश झाले बताए । सो पुल निर्माण कार्य आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको थियो ।

निर्माण कार्य सुरु गरेका साढे ४ वर्ष हुँदा पनि सन्तोषजनक काम हुन सकेको छैन । मोटरेवल पुलको जग खनि पिल्लर उठाएपछि काम रोकिएको थियो । अहिले भने पुनः काम सुरु भएको झाको भनाइ छ ।

बीएलटी कन्स्ट्रक्सन उक्त पुल निर्माणको काम गर्दै आएको छ । निर्माण कम्पनले पुलको काम असार मसान्तसम्म सक्नु पर्ने हुन्छ । ‘अहिले निर्माण कम्पनी चालु आर्थिक वर्षमा पुल निर्माणको काम सक्ने योजनाका साथ लागि रहेको छ, आगामी आर्थिक वर्ष २०८०/०८१ बाट पुलबाट गाडी कुद्छ, अब द्रुत गतिमा काम हुन्छ,’ उनले भने ।

झाका अनुसार उक्त पुल निर्माण गर्नको लागि अनुमानित २० करोड रुपैयाँ बजेट छ । पुल निमार्णको लागि आवश्यक सामाग्रीको उपलब्ध छिटो हुन नसक्दा काम द्रुत गतिमा गर्न नसकेको निर्माण कम्पनीले बताउँदै आएको छ ।

अहिलेसम्म पुल निर्माण गर्दा ३ करोड रुपैयाँ खर्च भइसकेको निर्माण कम्पनीले जनाएको छ । ‘बर्खाको समयमा बाढीका कारण काम गर्न सकिँदैन, हामीले हिउँदको समयमा काम गर्ने हो, काम गर्दा विभिन्न अवरोधहरू आए, बिकट ठाउँ भएका कारण पनि हामीले तत्काल निर्माण सामाग्रीको उपलब्ध गराउन सकेनौं, मेजर कामहरु सकिएको छ, अहिले निर्माण सामग्रीको उपलब्ध गराइ काम गरिरहेका छौं,’ उनले भने ।

अरुण नदी कात्तिकेघाट पुल निर्माणको काम २५ प्रतिशत काम सकिएको पनि झाले बताए । पुल निर्माणको काम सुस्त हुँदा आवाज जावतसँगै यातायात सेवामा पनि कठिन भएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो पुल निर्माण गर्नको लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Share News