बुद्धले माग्यो पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा, सातामा ३०० उडान गर्ने

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङका लागि अनुमति माग गरेको छ । जनवरी १ देखि सञ्चालनको तयारी भएको उक्त विमानस्थलमा बुद्धले आन्तरिक तथा बाह्य उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणसँग ग्राउण्ड ह्याण्डलीङको अनुमति माग गरेको हो । बुद्धले सोमबार एक विज्ञप्ती जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलीङ [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङका लागि अनुमति माग गरेको छ ।

जनवरी १ देखि सञ्चालनको तयारी भएको उक्त विमानस्थलमा बुद्धले आन्तरिक तथा बाह्य उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणसँग ग्राउण्ड ह्याण्डलीङको अनुमति माग गरेको हो ।

बुद्धले सोमबार एक विज्ञप्ती जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलीङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाइसकिएको जनाएको छ । यसअघि, आफ्नो उडान गन्तव्यको ग्राउण्ड ह्याण्डलिङ आफैले गरेको भन्दै बुद्धले सञ्चालनको तयारी थालिएको पोखरा विमानस्थलको समेत ग्राउण्ड ह्याण्डलिङको अनुमति माग गरेको छ । बुद्धले ग्राउण्ड ह्याण्डलिङका लागि आफूसँग लामो समयको अनुमव र पर्याप्त जनशक्ति रहेको समेत दाबी गरेको छ ।

जनवरी १ गतेदेखि पोखरा विमानस्थलबाट उडानको सम्पूर्ण तयारी थालिएको भन्दै बुद्धले दैनिक ५ वटा विमान रात्री पार्किङ गरी ३०० उडान गर्ने कार्यतालिका नै बनाएको छ । जसमा दैनिक नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुर विमानस्थमा आन्तरिक उडान गर्ने र अन्तर्राष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान भर्ने बुद्धले जनाएको छ ।

यसैगरि, बुद्धले सम्बन्धित निकायमा साताकाे दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि निवेदन पेश गरिसकिएको जनाएको छ ।

Share News