काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यक सुझावका आधारमा संसोधन गर्ने बताएको छ । चौतफी विरोध भएपछि मौद्रिक नीतिमा राष्ट्र बैंकले सम्बोधन गर्दै सुझाव संकलन गरेर संसोधन हुने बताएको हो ।
चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई संसोधन गर्नुपर्ने माग गर्दै उद्योगी, व्यवसायी तथा निजी क्षेत्रले सडक आन्दोलन गर्दै विरोध गरिरहेका छन् । कार्यान्वयनमा रहेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।