काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे २०८० पुसदेखि जरिवाना तिराउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमास समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे जरीवाना हुने बताएका हुन् ।
‘तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।