मौद्रिक नीतिको समीक्षा गर्न बैठक बस्दै राष्ट्र बैंकको बोर्ड

<p>काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दै छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार उक्त बोर्ड बैठक आइतबार कार्यालय समय पश्चात बस्न लागेको हो । बैठकलगत्तै उक्त मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक हुने जनाइएको छ । राष्ट्र बैंकले ष्त साउन ६ गते चालू आर्थिक [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दै छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार उक्त बोर्ड बैठक आइतबार कार्यालय समय पश्चात बस्न लागेको हो ।

बैठकलगत्तै उक्त मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक हुने जनाइएको छ ।

राष्ट्र बैंकले ष्त साउन ६ गते चालू आर्थिक वर्षको  मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

Share News