काठमाडाैं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका छन् ।
आईतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका हुन् ।
‘चार, पाँच वटा सिटले मात्रै काँग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुनेछ, एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने छ, यदी हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने हामीले श्रमिकहरुको अगाडी गरेको कबुल २५ हजार न्युनतम ज्याला पु¥याउने अभियानले मूर्तता निश्चित रुपमा पाउँछ.’ उनले भने ।
उपमहासचिव रिमालले एमाले सरकारमा नभएकाे अवस्थामा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउनमा आन्दोलन गर्ने बताए ।