अझै १४ बैंकको लाभांश घोषणा भएन, ११ बैंकको लाभांश निराशाजनक

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरु धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । जसमध्ये नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरुमध्ये १४ वटा बैंकले अझै लाभांश घोषणा गरेका छैनन् । हालसम्म लाभांश वितरणको प्रस्ताव नगरेका १४ बैंकहरुमा नबिल बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरु धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । जसमध्ये नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरुमध्ये १४ वटा बैंकले अझै लाभांश घोषणा गरेका छैनन् ।

हालसम्म लाभांश वितरणको प्रस्ताव नगरेका १४ बैंकहरुमा नबिल बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सनराइज बैंक रहेका छन् । नेप्सेमा सूचीकृत नभएपनि राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश घोषणा गरेको छैन ।

हालसम्म ११ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये केही बैंकको साधारण सभाले समेत पारित गरिसकेको छ ।

हालसम्म लाभांश वितरण गर्ने प्रस्ताव गरेका ११ बैंकहरुमा सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक, मेगा बैंक र प्रभु बैंक रहेका छन् ।

Share News