काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १५४ वटा सिटको मत परिणाम सकिएको छ । अझै ११ वटा क्षेत्रको मत परिणाम आउन बाँकी रहेको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेर पहिलो पार्टी बनेको छ । यस्तै, नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेर दोस्रो पार्टी बनेको छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७÷७ क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र र ५ जना स्वतन्त्र उम्मेदवारहरूले जीत हासिल गरेका हुन् ।
११ स्थानको नतिजा भने विभिन्न कारणले आउन नसकेको निर्वाचन आयोगले बताएको छ । बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो । हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।