मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन् : प्रेम सुवाल

<p>काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताए । शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र [&hellip;]</p>

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताए । शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताएका हुन् ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएका उहाँले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण माग गरिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । उनले सरकारका मन्त्रीहरु नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाए । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने पनि बताए ।

उनले भने, ‘हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरु नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरुको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउनेछौँ ।’

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । सुवालले४२ हजार ७१६ मत ल्याउनुभएको थियो भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् ।

Share News