रास्वपालाई पछाडि पार्दै समानुपातिक मतगणनामा माओवादी तेस्रो स्थानमा उक्लियो

<p>काठमाडौं । दिउँसो १ बजेसम्मको समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा उक्लिएको छ । समानुपातिक मतमा माओवादीलाई शुरुआतीदेखि पछाडि पार्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । १ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख ११ हजार ३१५ मत पाएको छ [&hellip;]</p>

काठमाडौं । दिउँसो १ बजेसम्मको समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा उक्लिएको छ । समानुपातिक मतमा माओवादीलाई शुरुआतीदेखि पछाडि पार्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।

१ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख ११ हजार ३१५ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९६ हजार ७८२ मत पाएको छ । अहिलेसम्मको मतगणनामा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

Share News