क्रिप्टोकरेन्सी भनेको के हो ?

<p>ऐजेन्सी । संसारमा मुद्रा विकासको लामो इतिहास छ । मानव सभ्यताको विकास हुने क्रममा आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि मानिसहरुले आफूहरुसँग भएका वस्तुहरुबीच साटासाट गर्ने गर्दथे । पछि विस्तारै छाला र धातुको मूल्य भएको मुद्राको विकास भयो । अहिले संसारभरी कागज र धातुले बनेका मुद्रा आम प्रचलनमा रहेको छ । जसलाई मानिसहरुले आफ्नो आवश्यकता अनुसार [&hellip;]</p>

ऐजेन्सी । संसारमा मुद्रा विकासको लामो इतिहास छ । मानव सभ्यताको विकास हुने क्रममा आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि मानिसहरुले आफूहरुसँग भएका वस्तुहरुबीच साटासाट गर्ने गर्दथे । पछि विस्तारै छाला र धातुको मूल्य भएको मुद्राको विकास भयो । अहिले संसारभरी कागज र धातुले बनेका मुद्रा आम प्रचलनमा रहेको छ । जसलाई मानिसहरुले आफ्नो आवश्यकता अनुसार भौतिक र डीजीटल रुपमा प्रयोग गर्ने गर्छन् ।

मुद्राको प्रकाशन र वितरणको अधिकार कुनै पनि राज्यको मातहतमा रहने आधिकारिक निकायसँग रहेको हुन्छ । जसलाई वस्तु तथा सेवाको उत्पादन, वितरण, विभिन्न विषयहरुको अन्वेषण, लगायतका क्रियाकलाप वापत प्राप्त गर्न सकिन्छ । तर क्रिप्टोकरेन्सी भनेको एक प्रकारको भर्चूअल मुद्रा हो। जसको भौतिक रुपमा अस्तित्व हुँदैन । यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। तर, यसलाई भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।

भर्चूअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन । अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। भर्चुअल मुद्रा कुनै राज्यभित्र मात्रै सिमित रहँदैन । यसको विश्वव्यापी मुद्रा सटही बिना कारोबार गर्न सकिन्छ । संसारभरिका कम्प्युटरहरूमा राखिने डिजिटल रेकर्डका आधारमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरिन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।

सबै क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छन्। क्रिप्टो मुद्रा लेनदेन गर्न प्रयोग गरिने प्रणालीलाई ब्लकचेन भनिन्छ। यी डिजिटल मुद्राहरू एन्क्रिप्टेड (कोडित) छन्। यसलाई कम्प्युटर नेटवर्क मार्फत नियन्त्रण गरिन्छ। यसमा प्रत्येक लेनदेन डिजिटल हस्ताक्षर द्वारा प्रमाणित हुन्छ। यसको रेकर्डलाई क्रिप्टोग्राफीको मद्दतले नियन्त्रण गरिन्छ। यो सबै काम कम्प्युटर नेटवर्क मार्फत गरिन्छ। यदि क्रिप्टो मुद्रामा कुनै लेनदेन हुन्छ भने त्यसको जानकारी ब्लकचेनमा रेकर्ड गरिन्छ अर्थात् ब्लकमा राखिन्छ।

सन् २००९ देखि पहिला चर्चामा आएको बिटकोइनलाई पहिलो क्रिप्टोकरेन्सीको रुपमा मानिन्छ । जुन ओपन सोर्स सफ्टवेयरको रुपमा जारी भएको थियो । पछिल्लो समयमा विश्वका १ सय १ वटा देशले क्रिप्टोकरेन्सीलाई मान्यता दिएका छन् भने ३ ट्रिलियन अमेरिकी डलर बराबरको लगानी क्रिप्टोरेन्सीमा भएको अनुमान गरिएको छ । साथै पछिल्लो समयमा यसको कारोबार वा एक्स्चेन्ज गर्ने निकायले नै पटकपटक बद्मासी गरेका विषयहरु बाहिर आइरहँदा क्रिप्टोकरेन्सीमा गरिने लगानी अत्यन्तै जोखिमपूर्ण देखिएको छ ।

Share News