मंगलम इण्डष्ट्रिज बन्यो औद्योगिक उत्पादन क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने कम्पनी

<p>काठमाडौं । आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरले मंगलम इण्डष्ट्रिजलाई सम्मान गरेकाे छ ।विभागले त्रिपुरेश्वर कार्य क्षेत्र अन्तर्गत आर्थिक वर्ष २०७७/७८ औद्योगिक उत्पादन क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी भएकाे भन्दै मंगलम इण्डष्ट्रिजलाई सम्मान गरेकाे हाे । राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिजका लागि कम्पनीका अध्यक्ष सुदर्शन चुरिवाल र [&hellip;]</p>

काठमाडौं । आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरले मंगलम इण्डष्ट्रिजलाई सम्मान गरेकाे छ ।विभागले त्रिपुरेश्वर कार्य क्षेत्र अन्तर्गत आर्थिक वर्ष २०७७/७८ औद्योगिक उत्पादन क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी भएकाे भन्दै मंगलम इण्डष्ट्रिजलाई सम्मान गरेकाे हाे ।

राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिजका लागि कम्पनीका अध्यक्ष सुदर्शन चुरिवाल र निर्देशक सशी चुरिवालले ग्रहण गरेका थिए ।

मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।

Share News