काठमाडौं । उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक भएको बताएका छन् । उनले रुग्ण उद्योगमा प्रयोग भएका मेसिनको पाटपूर्जा बिग्रिएमा विश्वमा नै नपाउने अवस्था रहेकाले निजी क्षेत्र र सरकार बसेर गम्भिर रुपमा छलफल गर्न आवश्यक रहेको भनेका छन् ।
उनले सरकारले विराटनगरको जुट मिल, हेटौँडाको कपडा उद्योग र जनकपुरको चुरोट कारखाना सञ्चालनमा ल्याउने भनेपनि समस्या रहेको बताए । पछिल्लो समय निजी क्षेत्र चार वस्तुको आयात प्रतिवन्ध भएको विषयलाई ठूलो मुद्दा बनाएको जानकारी दिए । सरकारले ६ महिनासम्म पाँच वस्तुको आयात खुल्ला गरेको भए थप ५० अर्बको सामान आयात हुने देखिएको बताए । सचिव रायले चार वटा वस्तुको आयात प्रतिवन्धले मात्रै उद्योग व्यापारमा माग कमी नभएको बताए ।
उनले भने, ‘अहिले हामी सबै आयात प्रतिवन्धमा रोकिरहेका छौं । पाँच महिनासम्म ५ वडा अहिले आयात जम्मा ४ वडा वस्तु रोकिएको छ । सबै वस्तु खुला गरेर आयात गरेको भए ६ महिना करिव ६ अर्बको वस्तु आयात भएको छ । अरु ५० अर्ब बढीको आयात हुने थियो । उद्योग बनाउने थाहा पाउने बित्तिकै एक रातमा नै जग्गाको मूल्य बढ्छ । त्यस्ता उद्योग सञ्चालनमा ल्याउने वा नचालउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्नुपर्ने बेला आएको छ ।’
त्यस्तै वाणिज्य सचिव डा. तोयनारायण ज्ञवालीले सरकारले सोचे जस्तो विदेशी लगानी आउन नसकेको बताए । उनले नेपाल जस्तै देश भियतनाम,कम्बोडिया जस्ता देशहरुमा जीडिपीको १५ प्रतिशतसम्म पुगेको बताए । उनले नेपालमा भने जिडीपीको १ प्रतिशतमा रहेको जानकारी दिए ।
उनले उद्योगहरुको अन्तराष्ट्रिय देशहरुमा गुणस्तर तथा लागतको हिसावले प्रतिष्पर्धा गर्न सक्नुपर्ने अवस्था रहेको बताए । मन्त्रालयले अहिले आएका नयाँ स्टार्ट अप उद्यमको क्षेत्रमा पनि जान आवश्यक रहेकाले मन्त्रालयले काम गर्ने जानकारी दिए ।