आगामी साता मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका लागि तयारी गरिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी साता मौद्रिक नीतिको समीक्षा हुने बताएका हुन् । शुक्रबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजको ४४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका लागि तयारी गरिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी साता मौद्रिक नीतिको समीक्षा हुने बताएका हुन् ।

शुक्रबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजको ४४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले साउन ६ गते चालू आर्थिक वर्षको  मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

Share News