सनसिल्क दशैं भाइब्स प्रतियोगिताको ३ विजेताले पाए १-१ लाख पुरस्कार

<p>काठमाडौं । सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा भएको छ। बुधबार सनसिल्क दशैं भाइब्स २ को होटल र्याडिसनमा आयोजना गरिएको अन्तिम चरणको कार्यक्रममा विजेता घोषणा गरिएको हो। जसअनुसार सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका छन्। प्रत्येक विजेताले १ लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड [&hellip;]</p>

काठमाडौं । सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा भएको छ।

बुधबार सनसिल्क दशैं भाइब्स २ को होटल र्याडिसनमा आयोजना गरिएको अन्तिम चरणको कार्यक्रममा विजेता घोषणा गरिएको हो।

जसअनुसार सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका छन्। प्रत्येक विजेताले १ लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।

साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

सनसिल्क नेपालले महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट सनसिल्क दशैं भाइब्स सञ्चालन गरेको थियो, जसमा प्रतियोगीहरुर्ले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए।

अभियानलाई ६० मिलियनभन्दा बढीको भ्युज प्राप्त भएको थियो भनें २८०० भन्दा बढी प्रतियोगीहरुले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानर्ले उल्लेख्य सफलता हासिल गरेको थियो।

प्रतियोगिताका विजेताहरुलाई सनसिल्कको सीमित दशैं प्याक संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो। यी प्याकहरुको माध्यमबाट सनसिल्क ग्याङ्ग अफ गल्र्स हजारौं नेपाली परिवारहरूसम्म पुगेका छन्।

सहभागीहरुमध्ये ३ जना विजेतालाई १-१ लाख रुपैयाँ नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासंग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो।

यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरुमा १०० मिलियन भन्दा बढी भ्युज पाउन सफल भएको छ।

Share News