सप्तरी-४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार यादव विजयी

<p>राजविराज । सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरे । यस्तै जनमत पार्टीका [&hellip;]</p>

राजविराज । सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन् ।

सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरे । यस्तै जनमत पार्टीका केशरराज गुप्ताले भने पाँच हजार सात सय ७३ मत प्राप्त गरेका छन् ।

Share News