मर्जरलाई अन्तिम स्वीकृति दिन एनसीसी बैंकको विशेष साधारण सभा आह्वान

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर २५ गते अनमोल ब्याङक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे विशेष साधारण सभा बोलाएको हो । बैंकको सभाले कुमारी बैंकसँगको मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, दुई बैंकबीच [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर २५ गते अनमोल ब्याङक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे विशेष साधारण सभा बोलाएको हो ।

बैंकको सभाले कुमारी बैंकसँगको मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, दुई बैंकबीच मर्जरका लागि तय भएको १ः१ सेयर अनुपातलाई पारित गर्नेछ ।

साथै, मर्जर प्रकृया पुरा गर्न आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News