डोल्पा । डोल्पा प्रदेश ९२०मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका छन् ।
शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएका डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा एमालेका धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् ।
शाहीका निकटतम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । डोल्पा प्रदेश ९१० मा भने एमालेका शेरबहादुर बुढा दुई हजार दुई सय ७८ मतान्तरमा चार हजार सात ४३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाल कांगे्रसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याएका थिए । रासस