काठमाडौं । निर्वाचन सम्पन्न भएपछि बैंकहरुमा निक्षेप संकलन ह्वात्तै घटेको छ । निर्वाचन अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा गरिएको भएपनि यो अवधिमा निक्षेप घटेको हो ।
कात्तिक मसान्तसम्म बैंकहरुले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर ८ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका थिए । यो ८ दिनको अवधिमा बैंकहरुको निक्षेप संकलन ५.४७ अर्ब रुपैयाँ घटेको हो ।
यस्तै, बैंकहरुले कर्जा लगानी पनि घटाएका छन् । बैंकहरुको कर्जा २.२० अर्ब रुपैयाँ घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा मात्रै प्रवाह गरेका छन् । यसअघि गत कात्तिक मसान्तसम्ममा बैंकहरुको कर्जा ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकहरुको सीडी रेसियो भने ८६.९१ प्रतिशत रहेको संघले बताएको छ ।