सेयर लगानीकर्ता ढकाल चितवन-१ बाट निर्वाचित

<p>चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे । नेपाली [&hellip;]</p>

चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाउनुभएको थियो । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका थिए । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ । रासस

Share News