काठमाडौं । बिहीबार निर्वाचन जितेसँगै रवि लामिछानेले चितवनको ३ स्थानमा धन्यवाद सभा गर्ने बताएका छन् । निर्वाचित भएको केही समयमै सामाजिक संजालमार्फत उनले तीन स्थानमा धन्यवाद सभा गर्ने बताएका हुन् ।
लामिछानेले बिहीबार दिउँसो ३ बजे भरतपुर १० को गेष्ट हाउस चौर, शुक्रबार बिहान इच्छाकामना गाउँपालिकाको कार्यालय अगाडी र ३ बजे सहिद स्मृति क्याम्पस चौरमा धन्यवाद सभा गर्ने जनाएका छन् ।
रविले आजैबाट काम सुरु गर्ने बताउँदै सभामा उपस्थित हुँदा फुलमाला, खादा र अबिरको साटो भ्रष्टचारीको सुचना लिएर आउन आग्रह गरेका छन् ।
‘एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला, म आजबाटै काम थाल्दैछु, मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन, एउटा बाकसमा ुसमस्या पेटिका लेखिएको हुनेछ, त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला, अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुनेछ, त्यसमा, भ्रस्टाचारीका सूचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला,’ उनले लेखेका छन् ।
उनले भोट माग्न र र्याली गर्न आउन नभ्याएका ठाउँमा काम गर्न आउने बताएका छन् ।