भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका सुरेन्द्रराज गोसाइँ विजयी

<p>भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उनी २९ हजार सात सय चार मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त [&hellip;]</p>

भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उनी २९ हजार सात सय चार मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गरे । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

Share News