भक्तपुर-१ मा ३० हजार बढी मतान्तरले नेमकिपाका प्रेम सुवाल विजयी

<p>भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उनी ४२ हजार सात सय ६१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज [&hellip;]</p>

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उनी ४२ हजार सात सय ६१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार नौ सय ६८ मत ल्याएका छन् । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार सात सय ९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि प्रवेश गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठे बासुले पाँच हजार दुई सय ८३ मत ल्याएका मुख्य निर्वाचनत अधिकृत बाँस्तोलाले जानकारी दिए । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

Share News