शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश बढ्यो, कति घोषणा गर्याे ?

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबटा सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबटा सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

यस अघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Share News