सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा निर्वाचित

<p>सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याएका [&hellip;]</p>

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याएका छन् । सापकोटाले नेपाललाई तीन हजार तीन सय ५४ मतले पराजित गरेका हुन् ।

क्षेत्र नम्बर १ मा भोटेकोसी गाँउपालीका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसँखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालीकाको पाँच वटा वडा समेटिएको छ । रासस

 

Share News