सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले सुत्केरी भत्ताको दाबी ९० दिनभित्र गर्नुपर्ने

<p>काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले सुत्केरी भत्ताको लागि १ सय २० अर्थात ४ महिना भित्र दाबी गर्नुपर्ने कोषले जनाएको छ । सूचना जारी गर्दै कोषले पौष १ गतेबाट विभिन्न सुविधाहरुको समयावधी तोकिएको जनाएको छ । भर्ना भई गरेको उपचार, भर्ना नभइ गरेको उपचार, दुर्घटना, मातृत्व सुत्केरी हेरचाह र अस्थायी असक्षमता बापतको भत्ताको दाबी [&hellip;]</p>

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले सुत्केरी भत्ताको लागि १ सय २० अर्थात ४ महिना भित्र दाबी गर्नुपर्ने कोषले जनाएको छ । सूचना जारी गर्दै कोषले पौष १ गतेबाट विभिन्न सुविधाहरुको समयावधी तोकिएको जनाएको छ ।

भर्ना भई गरेको उपचार, भर्ना नभइ गरेको उपचार, दुर्घटना, मातृत्व सुत्केरी हेरचाह र अस्थायी असक्षमता बापतको भत्ताको दाबी ९० दिनभित्र गर्नुपर्ने कोषले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै सुत्केरी भत्ता र बिमारी बिदा वापतको भत्ता भने १ सय २० दिनमा दाबी गर्नुपर्ने कोषले जनाएको छ ।

भौतिक रुपमा उपस्थित भएर दाबी माग गर्दा चालु आर्थिक वर्षको असार २५ गतेभित्र र आधिकारिक प्रणालीमार्फत दाबी गर्दा असार २८ गतेभित्र आवश्यक कागजात पेश गर्नुपर्ने कोषको सूचनामा उल्लेख गरिएको छ ।

कोषको सूचना :

Share News