लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा विजयी

<p>लमजुङ । लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका [&hellip;]</p>

लमजुङ । लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् ।

कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी भएका थिए । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी भएका थिए ।

गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गरेका थिए । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आएका छन् । रासस

Share News