पेट्रोलियम आयात घट्यो

<p>काठमाडौं । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो ।

पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम भने बढेको छ । पोहोर ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ डिजेल आयातमा बाहिरिएकोमा यसपालि यो घटेर ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसपालि साउन ( कात्तिकमा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल नै हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Share News