काठमाडौं । डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित भएका छन् । डोटीबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका हुन् ।
बिहिबार बिहान सम्पन्न भएको मतगणना अनुसार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे छन् भने एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छिन् । यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरेका छन् ।
डोटीमा कुल १ लाख २४ हजार ८७० मतदाता रहेका छन् । जसमध्ये ६३ हजार ५५२ मत खसेको थियो । ४ हजार ९६९ मत बदर भएका छन् ।