भक्तपुर २ : एमालेका महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित

<p>काठमाडौं । भक्तपुरमा क्षेत्र नम्बर २ मा महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न भएको मत गणनामा थापाले एमालेका बस्नेतलाई ८२३ मतान्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका [&hellip;]</p>

काठमाडौं । भक्तपुरमा क्षेत्र नम्बर २ मा महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले पराजित गरेका हुन् ।

बिहीबार बिहान सम्पन्न भएको मत गणनामा थापाले एमालेका बस्नेतलाई ८२३ मतान्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५ सय मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत ल्याएका छन् । उक्त क्षेत्रमा ६३ हजार ८४२ मत खसेको थिए । ६१ हजार ७९१ सदर हुँदा २ हजार ५१ मत भने बदर भएका छन् ।

Share News