काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था गोरखा जिल्लाको उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय दमौलीले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा लघुवित्तलाई गोरखा जिल्लाबाट सबैभन्दा धेरै करतिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।
संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले उक्त सम्मान पत्र ग्रहण गरेका थिए ।
वित्तीय संस्थाले आ.व. २०७७।०७८ मा कुल जम्मा पाँच करोड ३३ लाख ४१ हजार ८ सय ९१ रुपैया कर दाखिला गरेको थियो । गोरखा जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय भएको नेपाल राष्ट्र बंैक बाट ईजाजत प्राप्त ‘घ’ बर्गको राष्ट्रिय स्तर कार्य क्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो ।
वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ बटा शाखा कार्यालयबाट बचत,कर्जा विमा,तालिम तथा विप्रेशण लगाएतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ ।
कार्तिकसम्म यस वित्तीय संस्थाले करिब १ लाख ३ हजार सदस्य मार्फत एक अर्ब ३५ करोड बचत संकलन गरी ५९ हजार ऋणी सदस्यलाई पाँच अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।