
काठमाडौं । गरिमा विकास बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले १५औं वर्षमा प्रवेश गरेको अवसरमा क्रेडिट कार्ड सेवा सुरु गरेको हो ।
यसका साथै बैंकले देशभरको कार्यलयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रम बैंकले लाजिम्पाट, कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका कार्यालहरुमा आयोजना गरेको थियो । उक्त कार्यक्रम मार्फत बैंकले कूल ६१३ युनिट रगत संकलन भएको थियो ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
यस विकास बैंकले हाल ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस बैंकले करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको छ ।
