अर्थतन्त्रको लागि भोलिका दिनहरु अझै चुनौतीपूर्ण रहनेछ : महानिर्देशक शाक्य

<p>काठमाडाैं । आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती रहेको बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताएका हुन् । उनले केही वर्ष भित्रमा सम्पूर्ण निजी क्षेत्रको कारोबारलाई अनलाइन बिल्डिङ प्रणालीमा लैजाने तयारीमा विभाग रहेको बताए । भन्सार प्रशासनमा आएको राजश्व गिरावटको असर [&hellip;]</p>

काठमाडाैं । आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती रहेको बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताएका हुन् ।

उनले केही वर्ष भित्रमा सम्पूर्ण निजी क्षेत्रको कारोबारलाई अनलाइन बिल्डिङ प्रणालीमा लैजाने तयारीमा विभाग रहेको बताए । भन्सार प्रशासनमा आएको राजश्व गिरावटको असर कर प्रशासनमासमेत देखिन थालेको उनी बताउँछन् ।

‘बजारमा भएको तरलता अभावले आगामी दिनमा थप चुनौतीपूर्ण रहेको छ, अर्थतन्त्रमा मनी सर्कुलेशनको जुन चेन हो त्यो डिस्टर्ब छ, यो आर्थिक वर्षको ४ महिनाको राजश्व संकलनको ट्रेण्ड हेर्दा हामी निश्चित रुपमा अहिले स्ट्रेसमा छौँ, भोलिका दिनहरु अझै चुनौतीपूर्ण रहनेछ, कर प्रशासन र निजी क्षेत्र अन्योन्याश्रित रुपमा अघि बढीरहेको छ ।

त्यस्तै, अर्थ मन्त्रालयका अर्थसचिव रामेश्वर दंगालले कर प्रशासनका कर्मचारीहरु मात्रै नभइ उद्योगी व्यवसायी र आम जनताले पनि सामुहिक रुपमा चिन्ता गर्नुपर्ने स्थिति रहेको बताए ।इतिहासको कठिन घडीमा सरकार भएकाले सरकारले खर्च गर्ने क्षमता लगायत समग्र क्षमतामा असर गर्ने स्थिति देखिएको उनी बताउँछन् ।

‘पहिलो ४ महिनाको तथ्यांक हेर्दा चालु वर्ष सरकारले लिएको राजश्व लक्ष्य ८९ प्रतिशत मात्रै आन्तरिक राजश्वतर्फ संकलन गर्न सकेका छौँ, समग्रमा ७२ प्रतिशत मात्रै राजश्व संकलन भएको छ, जबकी गत वर्ष राजश्व संकलनको तुलनामा हामी ३० प्रतिशतको ग्रोथको लक्ष्य राख्दा अहिलेको यथार्थ राजश्व संकलन गत वर्षको भन्दा २० प्रतिशतले संकुचन आएको छ, इतिहासको कठिन घडीमा हामी उपस्थित भएका छौँ, यसले सरकारले खर्च गर्ने क्षमता लगायत समग्र क्षमतामा असर गर्ने स्थिति देखिन्छ,’उनले भने ।

Share News