काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

<p>काठमाडौं । काठमाडौं–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमाले हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् ।  एमालेका [&hellip;]</p>

काठमाडौं । काठमाडौं–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन् ।

प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमाले हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् ।  एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।

Share News