काठमाडौं–७ (१) मा समाजवादीका मानन्धर विजयी

<p>काठमाडौं । काठमाडौं–७ (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा १०को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिए । यस्तै नेकपा ९एमाले०का उम्मेदवार [&hellip;]</p>

काठमाडौं । काठमाडौं–७ (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा १०को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिए ।

यस्तै नेकपा ९एमाले०का उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।

Share News