एमाले सचिव भट्टराई ताप्लेजुङमा १ हजार मतले पछि परे

<p>काठमाडौं । ताप्लेजुङमा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले नेकपा एमाले सचिव समेत रहेका योगेशकुमार भट्टराईलाई १ हजार १० मतअन्तरले पछि पार्दै अग्रता कायम गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार बुढाक्षेत्रीले १३ हजार ५३ मत ल्याएर अगाडि छन् भने एमालेका उम्मेदवार भट्टराई १२ हजार ४३ मत ल्याएर पच्छ्याइरहेका छन् । ताप्लेजुङमा ४८ हजार ३५५ मत खसोका [&hellip;]</p>

काठमाडौं । ताप्लेजुङमा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले नेकपा एमाले सचिव समेत रहेका योगेशकुमार भट्टराईलाई १ हजार १० मतअन्तरले पछि पार्दै अग्रता कायम गरेका छन् ।

माओवादी केन्द्रका उम्मेदवार बुढाक्षेत्रीले १३ हजार ५३ मत ल्याएर अगाडि छन् भने एमालेका उम्मेदवार भट्टराई १२ हजार ४३ मत ल्याएर पच्छ्याइरहेका छन् ।

ताप्लेजुङमा ४८ हजार ३५५ मत खसोका थिए । हालसम्म २७ हजार मत गणना सम्पन्न भइसकेको छ भने २० हजार मत गणना हुन बाँकी छ । ६१ वडा रहेको जिल्लामा ३५ वडाको गणना सम्पन्न भएको छ ।

Share News