काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । कुँवर ४ हजार ४८९ मतान्तरले विजयी भएका हुन् ।
विजयी कुँवर गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार थिए । कुँवरले १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् भन् निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का झपटबहादुर बोहराले १५ हजार ४५ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याएर तेस्रो बनेका छन् ।
अछाम क्षेत्र नम्बर १ मा ४१ हजार ३९२ मत खसेको थियो । जसमध्येमा १ हजार ९७७ मत बदर भएका छन् ।
विजयी कुँवर नेकपा (एमाले) बाट २०६४ को संविधानसभा निर्वाचन सोही क्षेत्रबाट निर्वाचित थिए । कुँवर २०७४ को निर्वाचनपछि एमालेबाट राष्ट्रियसभा सदस्य बनेका थिए । उनी समाजवादी पार्टीबाट मन्त्री पदमा बहाल रहेका छन् ।