पूर्व सभामुखदेखि बहालवाला मन्त्रीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका ३ क्षेत्रमा विजयी

<p>काठमाडौं । पूर्व सभामुखदेखि बहालवाला मन्त्रीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका ३ वटा क्षेत्रमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा धमकेदार जित हासिल गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ३ क्षेत्रमा विजयी हासिल गरेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा [&hellip;]</p>

काठमाडौं । पूर्व सभामुखदेखि बहालवाला मन्त्रीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका ३ वटा क्षेत्रमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा धमकेदार जित हासिल गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ३ क्षेत्रमा विजयी हासिल गरेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भएकी हुन् । यस्तै, दोस्रोमा नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत, राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगरले ९ हजार ४४९ मत ल्याएका छन् ।

यस्तै, काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत, माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) ले ६ हजार ६३ मत ल्याईन् ।

काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । यस्तै, एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत ल्याएका छन् ।

Share News