दिल्ली उडान कटौतीले निगमकाे आम्दानी खुम्चियो

<p>काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ । काठमाडौँ–दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडान तालिकामा साताको १० वटा उडान मात्र प्राधिकरणबाट स्वीकृत भएकोले निगमको आम्दानीमा सङ्कुचन भएको निगमले विज्ञप्तिमा जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ ।

काठमाडौँ–दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडान तालिकामा साताको १० वटा उडान मात्र प्राधिकरणबाट स्वीकृत भएकोले निगमको आम्दानीमा सङ्कुचन भएको निगमले विज्ञप्तिमा जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृतिपश्चात साताका चार उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काडमाडौं–दिल्ली–भैरहवा–काठमाडौँ) उडान गर्ने गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाइसकिएको छ ।

साथै, निगमको कटौती भएको उडान यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गनतव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरिएको निगमले जनाएको छ ।

Share News