झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

<p>झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा छन् । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् । यसैगरी [&hellip;]</p>

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा छन् ।

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–१ मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन् । प्रारम्भिक परिणाम नुसार उनले नौ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गरेका छन् ।

झापा–५ मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गरेका छन् । रासस

Share News