चितवन । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले चार हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव७३ प्रतिशत मत खसेको छ ।
यस्तै क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायम राखेका छन् । नौ हजार पाँच सय ८० मत गणना हुँदा उनले तीन हजार तीन सय ३९ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार आठ सय ५६ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार सात सय ९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७दशमलव तीन प्रतिशत मत खसेको छ ।
क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । उनले तीन हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गरेका छन्, भने स्वातन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार सात सय ६६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म १३ हजार आठ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं ३ मा ६५दशमलव४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।