काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा अब आफुले लिड गर्ने बताएका छन् । उनले हालसम्म आइरहेको नतिजाबाट सन्तुष्टी जनाउँदै अब शहर क्षेत्रको मतगणना सुरु भएकोले आफुले लिड गर्ने बताएका हुन् ।
‘भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो, विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ,’ उनले भने । चितवन–२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ।
यहाँको १०४०५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ सबैभन्दा अगाडि छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन्। लामिछानेले २९७८ मत ल्याएका छन्।
अहिले कालिका नगरपालिकाको गणना सुरू भएको छ ।