तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

<p>तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन् । सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन् । नेकपा एमालेका एकबहादुर रानाले दुई हजार तीन सय [&hellip;]</p>

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन् ।

सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन् । नेकपा एमालेका एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले चार सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गरेका छन ।

यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।

तनहुँ–१ को प्रदेशसभा १ मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुआती चरणबाटै अग्रता कायम राखेका छन् । चार हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले एक हजार नौ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका रामबहादुर गुरुङले एक हजार दुई सय ३८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा ३६ हजार तीन सय ६५ मत खसेको छ ।

प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ४० मत पाएका छन् भने एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५० मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन् ा रासस

Share News