दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार चार सय ४७ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत ल्याएका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विक्रमसिंह धामीले तीन हजार नौ सय १४ मत ल्याएर अग्रता कायमै रहेको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरदेव जोशी दुई हजार छ सय ७६ मतले पछि परेका छन् ।
अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका १, २, ३, ४, ५ र ६ वडा का मत गणना सम्पन्न हुँदा प्रदेशसभा २ मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले मत चार हजार पाँच सय ४७ ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार रामदत्त जोशीले चार हजार तीन सय ५३ मत ल्याएर पछि परेका छन् ।