महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

<p>महोत्तरी । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय [&hellip;]</p>

महोत्तरी । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ ।

मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् ।
तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् ।

गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गरेका छन् ।

त्यसैगरी ३ मा जसपाका दीपेन्द्र झा एक हजार एक सय १५० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने एक हजार ६७ मत प्राप्त गर्दै लोसपाका अभिराम शर्मा दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी ३ मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले एक हजार दुई मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने नेकपा एमालेका रामदयाल मण्डलले सात सय ५१ मत प्राप्त गर्दै दोस्रो र लोसपाकी रानी शर्माले पाँच सय ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

Share News